प्रचण्डको प्रष्टोक्ति: शाकाहारी आन्दोलनले भएन भनेर हिंसात्मक गर्नुपर्छ भन्न खोजेको होइन-Sutra News

प्रचण्डको प्रष्टोक्ति: शाकाहारी आन्दोलनले भएन भनेर हिंसात्मक गर्नुपर्छ भन्न खोजेको होइन

बुधबार, ७ माघ २०७७

बुधबार, ७ माघ २०७७
काठमाडौं- नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शाकाहारी आन्दोलनले भएन भनेर हिंसात्मक गर्नुपर्छ भन्न नखोजिएको बताएका छन् ।
 
बुधबार राजधानीमा आयोजित एक छलफलमा उनले शाकाहारी आन्दोलनले नपुग्ने भन्दै आवेगपूर्ण संघर्ष गर्नुपर्छ भन्न खोजेको स्पष्ट पारे ।
 
आफ्नो उक्त अभिव्यक्तिले कन्फ्युजन ल्याएको बताउँदै प्रचण्डले भने, ‘त्यसले अलिकति कन्फ्युजन त ल्याएको छ तर आक्रोश, आवेग व्यक्त गर्न खोजेको मात्रै हो ।’
 
प्रचण्डले केही दिनअघि आफूहरु निकट अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै अब शाकाहारी आन्दोलनले मात्र पुग्ने बताएका थिए ।
 
उनले निर्वाचनसँग आफूहरू नडराउने तर, तानाशाहले गराउने चुनावले संविधान भाँच्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट