बालिका करणी गर्ने युवकलाई २० वर्ष कैद सजाय-Sutra News

बालिका करणी गर्ने युवकलाई २० वर्ष कैद सजाय

मंगलबार, ६ माघ २०७७

मंगलबार, ६ माघ २०७७

काठमाडौं- भोजपुरमा १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गरेको अभियोगमा एक युवकलाई २० वर्ष कैद सजाय फैसला गरेको छ । जिल्ला अदालतले भोजपुर नगरपालिका १२ टक्सारका केशर सुन्दासलाई २० वर्ष कैद र ५० हजार रुपैयाँ क्षतिपूिर्तको फैसला गरेको हो ।



उनलाई जिल्ला अदालत भोजपुरका न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले कैद र क्षतिपूर्तिको फैसला गरेको हो । त्यस्तै अदालतले सोही घटनामा बालिकालाई फकाएर केशरको घरसम्म लैजान सहयोग गर्ने सुनसरी इटहरी उपमाहानगरपालिका २ भुल्केका खेमराज दमाइँलाई पाँच वर्ष कैद सजाय सुनाएको छ ।

सुन्दासले २०७६ साल भाद्र ८ गते भोजपुर नगरपालिका १२ टक्सार कोटडाँडास्थित आफ्नै घरमा लगेर बालिकालाई जबर्जस्ती करणी गरेको कसुरमा प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई पीडित परिवारको उजूरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट