कोरोनाबाट विरामीको मृत्यु हुँदा त्रिविका डाक्टर कुटिए-Sutra News

कोरोनाबाट विरामीको मृत्यु हुँदा त्रिविका डाक्टर कुटिए

मंगलबार, ६ माघ २०७७

मंगलबार, ६ माघ २०७७

काठमाडौं- काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टर कुटिएका छन् । कोभिड आइसियूमा कार्यरत डाक्टर सविन भण्डारी कुटिएका हुन् ।



आइसियूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले डाक्टर भण्डारीलाई कुटेका हुन् । निमोनियाको कारण बुटवलबाट त्रिवि अस्पतालमा रिफर गरिएको थियो ।

ती बिरामीलाई बुटवलमा गरिएको पिसिआर जाँच नेगेटिभ भए पनि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पोजेटिभ देखिएको थियो । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि बिरामीलाई कोभिड आइसियूमा सारिएको थियो ।

उपचाररत बिरामीको मंगलबार बिहान ११ बजे मृत्यु भएको थियो । मृतकका आफन्तले कोरोना नभएका मानिसलाई कोभिड कक्षमा राख्दा मृत्यु भएको भन्दै हातपात गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट