भैरहवामा ‘शम्भुजित बाँस्कोटा साँझ’ हुँदै-Sutra News

भैरहवामा ‘शम्भुजित बाँस्कोटा साँझ’ हुँदै

शुक्रबार, २४ पौस २०७७

शुक्रबार, २४ पौस २०७७

सिद्धार्थनगर- जेसिआई सिद्धार्थ लेडीको आयोजनामा आज भैरहवामा ‘शम्भुजीत बाँस्कोटा नाइट’ कार्यक्रम हुँदैछ । कार्यक्रमका लागि बाँस्कोटाको नेतृत्वमा गायक-गायिका तथा संगीतकारको टोली भैरहवा आइपुगेको छ ।



गायक तथा संगीतकार बाँस्कोटाले आज बिहान आयोजित पत्रकार सम्मेलनमा होटल पौवामा हुने कार्यक्रममा सबैलाई चुल्है निम्तो दिए ।

‘हाम्रो टिम’को प्रस्तुतिमा हुने कार्यक्रममा बाँस्कोटासहित विश्व नेपाली, सञ्जय सुब्बा, रमेश पाठक, प्रार्थना शाक्य, निशा देसार, मञ्जु थापा र सविना श्रेष्ठको गायन तथा बिनु शाक्यको नृत्य रहने टिम लिडर नरेन्द्र खड्काले बताए ।

बाँस्कोटा नाइटको तयारी पूरा भएको आयोजक संस्था जेसिआई सिद्धार्थ लेडीका अध्यक्ष तुलसा भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट