‘एउटा यस्तो प्रेम कहानी’ को आइटम गीत (भिडियो)-Sutra News

‘एउटा यस्तो प्रेम कहानी’ को आइटम गीत (भिडियो)

सोमबार, १३ पौस २०७७

सोमबार, १३ पौस २०७७

काठमाडौं- चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को आइटम गीत सार्वजनिक गरिएको छ । ‘हलाल’ बोलको गीतमा गायिका मिना निरौलाको स्वर, बि. बि. थापाको शब्द र किशोर थापाको संगीत रहेको छ । त्यस्तै गीतको भिडियोमा अभिनेत्री सुष्मा कार्कीको नृत्य देख्न सकिन्छ ।



अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, विष्णु चेम्जोंग, रेखा फागो, नरेन खड्का, ध्रुब कोइराला लगायतको अभिनय रहेको छ । शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले यसै चलचित्र बाट डेब्यु गर्दै छन् ।

फिस्टेल मुभिजको ब्यानरमा बनेको चलचित्रलाई यशोदा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर फिल्मका सहनिर्माताहरु हुन् । दिपेश सापकोटाले निर्देशन गरेको चलचित्र अब छिट्टै प्रदर्शनमा आउने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट