थपिए १२५५ जना कोरोना संक्रमित-Sutra News

थपिए १२५५ जना कोरोना संक्रमित

आइतबार, १४ मंसिर २०७७

आइतबार, १४ मंसिर २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर १ हजार ४ सय ४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हाल देशभर १७ हजार ९ सय ९ जना सक्रिय संक्रमित छन् भने ६३२ जना क्वारेन्टिनमा छन् ।

२४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट