अमेरिकामा अश्वेत नागरिकको हत्या-Sutra News

अमेरिकामा अश्वेत नागरिकको हत्या

बिहिबार, ११ भाद्र २०७७

बिहिबार, ११ भाद्र २०७७

एजेन्सी-अमेरिकामा प्रहरीको गोली लागेर दुई जना अश्वेत व्यक्तिको मृत्यु भएपछि प्रदर्शन चर्किएको छ। अश्वेतलाई नागरिकलाई गोली प्रहार गरेको विरोधमा सुरु भएका प्रदर्शनका क्रममा विस्कन्सिन राज्यमा प्रहरीले चलाएको गोली लागि २ जनाको मृत्यु भएपछि प्रदर्शन चर्किएको हो।



प्रहरीको गोली लागेर ज्याकोब ब्लेक गम्भीर घाइते भएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एक कारमा आड लागेका २९ वर्षीय ब्लेकलाई कैयौं पटक गोली प्रहार गरिएको देखिएको थियो। गोली प्रहारका कारण उनमा पक्षघात भएको जनाइएको छ।

ब्लेकलाई गोली हानिएपछि जारी प्रदर्शन हिंसात्मक भएपछि लगाइएको कर्फ्यूको उल्लंघन गर्दै स्थानीयले प्रदर्शन जारी राखेका छन्। प्रहरीको गोली लागी एक जना गम्भीर घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार एक पेट्रोल स्टेसनमा तैनाथ सुरक्षाकर्मी र प्रदर्शनकारीबीच हिंसात्मक झडपहरू भएका छन्।

विस्कन्सिनका गभर्नर टोनी एभर्सले जारी प्रदर्शन रोक्न थप सेना परिचालन गरिएको जनाएका छन्। उनले स्थानीय प्रहरीलाई सहयोग गर्न नेसनल गार्डलाई बोलाइएको बताए। घटनापछि विस्कन्सिनमा आपत्काल घोषणा गरिएको छ। ओरिगनको पोर्टल्यान्ड तथा मिनिसाटाको मिनियापोलिससमेत प्रदर्शहरू सुरु भएका छन् ।मिनियापोलिसमा प्रहरीको नियन्त्रणमा अश्वेत नागरिक जर्ज फ्लोइयडको मृत्यु भएपछि अमेरिकाव्यापी प्रदर्शन चर्केको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट