चुनावमा धाँधली हुने ट्रम्पको दाबी-Sutra News

चुनावमा धाँधली हुने ट्रम्पको दाबी

मंगलबार, ९ भाद्र २०७७

मंगलबार, ९ भाद्र २०७७

एजेन्सी–अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले रिपब्लिकन दलको राष्ट्रिय भेलामा पूर्व निर्धारित नगरिएको उपस्थिति जनाउँदै विपक्षी डेमोक्र्याटहरू नोभेम्बरको चुनाव धाँधली गर्न लागिपरेको दाबी गरेका छन्।



दोस्रो कार्यकालका निम्ति पनि उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउन रिपब्लिकन दलले स्वीकृती दिए लगत्तै ट्रम्प मञ्चमा आएर एक घण्टा सम्बोधन गरेका थिए।

बीबीसीका अनुसार उनले त्यहाँ आफूलाई जिताए अमेरिका अघि बढ्ने बताउँदै आफूहरूले जित्नैपर्ने बताए। उनले भने, ‘यो चुनाव हामीले जित्नै पर्छ। यो हाम्रो देशको इतिहासकै सबभन्दा महत्त्वपूर्ण चुनाव हो। सबभन्दा ठूलो हो। हाम्रो देश अत्यन्त खराब दिशामा जान सक्छ या त अझै राम्रो उचाइमा पुग्न सक्छ। चीनबाट प्लेग आउनु अगाडि हामी त्यही राम्रो दिशामा गइरहेका थियौँ।’

उनले हुलाकमार्फत् गरिने मतदानलाई डेमोक्र्याटहरूले दुरुपयोग गरेर चुनावमा धाँधली गर्न लागेको आरोप कुनै प्रमाण विना लगाएका छन्।यसपाली कोरोनाभाइरस महामारीका कारण हुलाकमार्फत् निकै सङ्ख्यामा मतदान हुने ठानिन्छ।

ताजा मत सर्वेक्षणहरूमा ट्रम्प विपक्षी उम्मेदवार जो बाइडनभन्दा पछाडि परिरहेका छन्। मत सर्वेक्षणहरूमा ट्रम्प निरन्तर बाइडनको पछि परेका छन्। दुई बीचको दूरी थोरै तर उल्लेखनीय छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट