आजदेखि काठमाडौं आउन–जान रोक-Sutra News

आजदेखि काठमाडौं आउन–जान रोक

बिहिबार, २९ साउन २०७७

बिहिबार, २९ साउन २०७७

काठमाडौं–कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ वृद्धि भएपछि काठमाडौं उपत्यका भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्ण रूपमा बन्द गरिएको छ।



गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको हो।

‘काठमाडौं उपत्यका बाहिर जाने सवारी साधनका लागि जारी गरिंदै आएको सवारी पास साथै उपत्यका बाहिरका जिल्लाहरूबाट उपत्यका भित्रिन दिंदै आएको सवारी पास स्वीकृति समेत अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’ प्रशासनद्वाररा जारी सूचनामा उल्लेख गरिएको छ।

गृह मन्त्रालयले साउन २८ गते पास वितरण बन्द गर्न ७७ जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो। पास वितरण बन्द भए पनि अत्यावश्यक सामान बोकेका सवारी साधन र एम्बुलेन्स भने चल्न पाउने छन्।

 

EfSBpHoUMAACnjo (1).jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट