नेकपाद्वारा स्वास्थ्य सामग्री र घरेलु औषधि वितरण-Sutra News

नेकपाद्वारा स्वास्थ्य सामग्री र घरेलु औषधि वितरण

बिहिबार, २९ साउन २०७७

बिहिबार, २९ साउन २०७७

विराटनगर–नेपाल कम्युनिस्ट पार्टी विराटनगर–८ ले बुधबार संक्रमित भएर होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य सामग्री र घरेलु औषधि वितरण गरेको छ। संक्रमित बसेको घरमा पुगेर स्यानेटाइजर,मास्क,पाञ्जा वितरण गरिएको वडा कमिटी अध्यक्ष राम पोखरेलले जानकारी दिए।



यसैगरी घरेलु औषधि गुर्जो, दालचिनी, अदुवा, बेसार वितरण गर्नुका साथै संक्रमित बसेको घरलाई निर्मलीकरण गरिएको उनले बताए।

विराटनगर–८मा १७ जना संक्रमित होमआइसोलेसनमा रहेका छन् भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको वडा सहइञ्चार्ज सरस्वती ओझाले बताइन्।

स्वास्थ्य सामग्री र घरेलु औषधि वडाकमिटी सदस्य भुवन राजवंशी, पवित्रा रायलगायतले वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट