नेकपाका तीन दर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश-Sutra News

नेकपाका तीन दर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश

मंगलबार, २७ साउन २०७७

मंगलबार, २७ साउन २०७७

काठमाडौं–कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले कम्युनिस्टको कुशासनका कारण नागरिकमा अविश्वास बढेको बताएका छन्। आफ्नै निवासमा आयोजित एक कार्यक्रममार्फत् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टी परित्या गरेका तीन दर्जन युवालाई पार्टी प्रवेश गराउँदै कोइरालाले सो कुरा बताएका हुन्।



महामन्त्री कोइरालाले कम्युनिस्टको कुशासनका कारण नागरिकमा अविश्वास जागेको बताउँदै उनले कांग्रेस संघर्षको पर्यायवाची भएको दाबी गरे। अन्याय र अत्याचारका विरुद्धमा आवाज उठाउन कोइरालाले युवालाई आह्वान गरेका छन्।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यद्वय बद्री पाण्डे, जीवन परियार र नेता राचन्द्र खड्का, रामेछापका जिल्ला सभपाति लवश्री न्यौपानेले पनि नवप्रवेशीहरुलाई स्वागत गरेका थिए।

नेपाल विद्यार्थी संघका नेता दिपेन्द्र खड्काका अनुसार दोरम्बाको वडा नम्बर ६ का नवराज गौतम, दिपेन्द्र गौतम विनाद गौतम, कुमार गौतम, सागर न्यौपाने लगायत अधिकांश युवा नेकपा छोडेर कांग्रेसमा प्रवेश गरेका छन्।

रामेछापको दोरम्बा र व्यथालाई तत्कालिन माओवादीहरुले आधार क्षेत्र मान्दै आएका थिए। कम्युनिस्टको भ्रष्ट चरित्रका कारण कांग्रेसमा प्रवेश गरेको नवप्रवेशी युवाले बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट