ब्याटिङ नचल्दा नेपालले यूएईलाई दियो झिनो रनको लक्ष्य-Sutra News

ब्याटिङ नचल्दा नेपालले यूएईलाई दियो झिनो रनको लक्ष्य

शुक्रबार, ७ बैशाख २०८१

शुक्रबार, ७ बैशाख २०८१

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप टी २० क्रिकेटमा नेपालले यूएईलाई १२० रनको लक्ष्य दिएको छ ।



टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा ११९ रन बनाएको हो । नेपालका लागि सन्दीप जोराले ४० बल खेल्दै सर्वाधिक ५० रन बनाए ।

गुलसन झाले २० रन बनाए । उनले १६ बलमा एक छक्का र एक चौका प्रहार गरे । यस्तै, करण केसीले टोलीको खातामा १७ रन थप्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालले अतिरिक्त रुपमा ६ रन पायो । यूएईका बलर जुनैद सिद्दकी, अली नासिर र बासिल हमिदले दुई–दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट