कप्तान रोहितपछि कुशल पनि आउट, दबाबमा नेपाल-Sutra News

कप्तान रोहितपछि कुशल पनि आउट, दबाबमा नेपाल

शुक्रबार, ७ बैशाख २०८१

शुक्रबार, ७ बैशाख २०८१

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप टी २० क्रिकेटमा यूएईविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ ।



नेपालले तेस्रो विकेटको रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हो । तेस्रो नम्बरमा क्रिजमा पुगेका रोहितले १८ बलमा पाँच रन बनाउँदै पेभेलियन फर्किए ।

उनलाई यूएईका बलर अली नासिरले विकेट किपर सैयद हैदरद्वारा क्याच आउट गराएका थिए । रोहित आउट हुँदा नेपालको खातामा ३८ रन बनेको थियो ।

उनी आउट भएपछि क्रिजमा पुगेका कुशल मल्ल पनि आउट भएका छन् । उनले पाँच बलमा तीन रन बनाएर फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट