पहिलो बलमै नेपाललाई झड्का-Sutra News

पहिलो बलमै नेपाललाई झड्का

शुक्रबार, ७ बैशाख २०८१

शुक्रबार, ७ बैशाख २०८१

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप टी २० क्रिकेटमा नेपाललाई पहिलो झड्का लागेको छ । नेपालले पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेललाई पहिलो बलमै गुमाएको हो ।



यूएईविरुद्धको सेमिफाइनल खेलमा नेपालले ब्याटिङ गरिरहेको छ । यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

नेपालका लागि यूएई पुरोना प्रतिद्वन्द्वी हो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित एसीसी प्रिमियर कपको पहिलो संस्करणको फाइनलमा पनि नेपाली टोलीले यूएईलाई नै सात विकेटले हराउँदै उपाधि चुमेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट