दशैं–तिहारमा सीतारामको अफर, दूधजन्य उत्पादन खरिदकर्ताले रेफ्रीजिरेटर पाउन सक्ने-Sutra News

दशैं–तिहारमा सीतारामको अफर, दूधजन्य उत्पादन खरिदकर्ताले रेफ्रीजिरेटर पाउन सक्ने

मंगलबार, २३ असोज २०८०

मंगलबार, २३ असोज २०८०

काठमाडौं । सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिले बडादशैं, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा ग्राहकहरुका लागि ‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजना सार्वजनिक गरेको छ ।



जसअन्तर्गत सीतारामका दूधजन्य उत्पादन खरिदमा एउटा कुपन प्राप्त हुनेछ र लक्की ड्र मार्फत् विजेता घोषणा गरिनेछ । यस योजना अन्तर्गत बम्पर उपहारमा ३ जनाले हिसेन्स ब्राण्डको मल्टी डोर रेफ्रीजिरेटर, ५० इन्चको टिभी र वाशिङ मेसिन पाउनेछन् ।

त्यस्तै, अन्य २० जनाले इन्डक्सन चुल्हो, इलेक्ट्रिक हिटर वा इलेक्ट्रिक वाटर हट पट पाउनेछन् । यो योजना दूध बाहेक अन्य दूधजन्य उत्पादनमा मात्र लागू हुनेछ । कम्पनीले विगत २८ वर्ष देखि दूध तथा दूधजन्य उत्पादनहरु नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीका दूध, दही, घिउ, बटर, पनिर, फ्लेबर मिल्क, लस्सीलगायत अन्य दूधजन्य उत्पादनहरु रहेका छन् । कम्पनीका उत्पादनहरु ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखेर उच्च गुणस्तरको प्याकेजिङ्गका साथ बजारमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट