टेलिभिजन रियालिटी सो ‘महागफाडी’: छानिए उत्कृष्ट १८-Sutra News

टेलिभिजन रियालिटी सो ‘महागफाडी’: छानिए उत्कृष्ट १८

सोमबार, २२ असोज २०८०

सोमबार, २२ असोज २०८०

काठमाडाैं । टेलिभिजन रियालिटी सो ‘महागफाडी’को फिजिकल अडिसन सम्पन्न भएकाे छ । ढाका टोपी फिल्मस्को ब्यानरमा निर्माण भएकाे रियालिटी शोको फिजिकल अडिसन काठमाडौं ज्ञानेश्वरस्थित मिड भ्याली कलेजमा सम्पन्न भएकाे हाे ।



अनलाइन अडिशनमार्फत सहभागिता जनाएका हजारौं प्रतियोगीहरुमध्येबाट उत्कृष्ट १०० जनालाई फिजिकल अडिशनमा लिइएकाे थियाे । जसमध्येबाट उत्कृष्ट १८ र बैकल्पिकमा ६ जना छनाैट भएका छन् ।

उत्कृष्ट १८ मा पर्नेहरुमा अमरेन्द्र यादव, अनिल राई, अर्जुन पोखरेल, दिपेश घिमिरे, डिल्लीराज अधिकारी, हरि गजुरेल, हुकुम बाबु ओली, कर्म लामा, कृष्ण भुर्तेल (लक्ष्मण), निरोज त्वयाना, पराजुन् नेपाल, रेशम सापकोटा, सन्जिब भट्टराई, सन्तोष तिवरी, सरोज खतिवडा, श्रीराम कंडेल, शोभा लामिछाने र शुभम सिंह भूमियार रहेका छन् ।

उत्कृष्ट १८ प्रतियोगीहरुको प्रस्तुतिसँगै कार्यक्रमको ग्राण्ड प्रीमियर गरिने आयोजकल बताएको छ । आयोजकका अनुसार कार्यक्रमको ग्राण्ड परिमियर अघि छानिएका सबैलाई एक वर्कशप गराएर मात्रै मञ्चमा उतारिनेछ ।

आफ्नो ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानका आधारमा आफूलाई ‘महागफाडी’को रुपमा प्रस्तुत गर्नुपर्ने हुन्छ । निर्णायक र दर्शकको भोटिङ्गको आधारमा प्रतिस्पर्धीबीच प्रतिस्पर्धा हुनेछ । जसको भोटिङ पार्टनरको रुपमा माई पे रहेको छ ।

यस हाँस्य व्यंग्य कार्यक्रममा निर्णायक मण्डलमा शैलेन्द्र सिम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ छन् । कार्यक्रमको सञ्चालन कलाकार कामेश्वर चौरासियाले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट