संगीत रोयल्टी संकलन समाजको नेतृत्वमा अधिकारी दोहोरिए-Sutra News

संगीत रोयल्टी संकलन समाजको नेतृत्वमा अधिकारी दोहोरिए

आइतबार, २१ असोज २०८०

आइतबार, २१ असोज २०८०

काठमाडौं । संगीत रोयल्टी संकलन समाज नेपालको नेतृत्वमा सुरेशचन्द्र अधिकारी पुनः दोहोरिएका छन् । आइतबार सम्पन्न भएको समाजको १४औं वार्षिक साधारणसभाबाट अधिकारी पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।



वार्षिक साधारणसभाबाट गीतकार निवर्तमान सदस्यतर्फ बसन्त सापकोटा, शिरिष देवकोटा र गीतकार निवर्तमान सदस्यतर्फ बद्री पाण्डे, चन्द्रप्रसाद शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, निर्वाचनबाट संगीतकार खुल्ला सदस्यतर्फ तीन जनामा पिएन सापकोटा, रामु खड्का (राम बहादुर), प्रसाद लामिछाने आदि निर्वाचित हुन सफल भएका छन् भने गीतकार खुल्ला सदस्यतर्फ तीन जनामा सुजन लम्साल, सुवास रेग्मी, प्रमोद ढुंगाना आदी विजयी हुन सफल भएका छन् ।

निर्वाचन कमिटीको संयोजकको रुपमा सेमन्तमणी खराल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट