गायिका शर्मिला तामाङको ‘याद आउँछ कि आउँदैन’ सार्वजनिक (भिडियाेसहित)-Sutra News

गायिका शर्मिला तामाङको ‘याद आउँछ कि आउँदैन’ सार्वजनिक (भिडियाेसहित)

बुधबार, १० असोज २०८०

बुधबार, १० असोज २०८०

काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेसँगै कलाकारहरुले नयाँ–नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही क्रममा विदेशी भूमि जापानमा रहेर पनि नेपालको कला संस्कृति जोगाउँदै आइरहेकी सर्जक तथा गायिका शर्मिला तामाङको नयाँ गीत ‘याद आउँछ कि आउँदैन’ सार्वजनिक भएको छ ।



‘साथीभाइ सब जना भेटिन्थ्यो पालैपालो चिप्लेटी खेलिन्थ्यो, याद आउँछ आउँदैन, मलाइ सधैँ झझल्को आइरहन्छ, तिमीले पनि बिर्सन पाउँदैन…’ यस्तै मिठा मिठा भाबहरु गीतमा समावेश गर्न खोजिएको छ । गीत शर्मिला तामाङको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

शर्मिला तामाङ र प्रकाश तामाङ टिटुङको स्वर रहेको गीतमा लय, शब्द भने शर्मिला तामाङकै रहेको छ । यस गीतमा मनिस लामाको संगीत संयोजन रहेको छ ।

सरगम स्टुडियोमा रेकर्ड भएको गीतलाई राजेश श्रेष्ठले रेकडिङ्ग र अर्पण थिङले मिक्सिंग गरेका हुन् । अमर रावलको निर्देशन तथा कोरियोग्राफी रहेको गीतलाई प्रकाश खडकाले खिचेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हुन् । उक्त गीतको भिडियोमा संचिता बोलाखे, साजन गुरुङ र दिपिका थापाको अभिनय रहेको छ ।

यस्ताे छ गीतकाे भिडियाे

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट