ओरालो लाग्दै कोरोना- बिहीबार थपिए जम्मा ३१ सय संक्रमित, १४ जना बिते-Sutra News

ओरालो लाग्दै कोरोना- बिहीबार थपिए जम्मा ३१ सय संक्रमित, १४ जना बिते

बिहिबार, २० माघ २०७८

बिहिबार, २० माघ २०७८

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप ३ हजार १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



देशभर गरिएको १० हजार २६ पिसिआर परिक्षणका क्रममा २ हजार ७ सय ४२ जना र २ हजार ५ सय ७९ एन्टीजेन परिक्षणका क्रममा ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ७ सय ७८ जनाको मृत्यु भएको छ । त्यस्तै थप ८ हजार ७ सय २३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ८७ हजार ४ सय ४३ जना निको भएका छन् ।

हाल नेपालमा ६३ हजार २ सय ९६ सक्रिय संक्रमित आइशोलेशन र १ सय ३८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट