बढ्दै कोरोना महामारी, एकैदिन थपिए १० हजार २ सय संक्रमित-Sutra News

बढ्दै कोरोना महामारी, एकैदिन थपिए १० हजार २ सय संक्रमित

शनिबार, ८ माघ २०७८

शनिबार, ८ माघ २०७८

नेपालमा शनिबार १० हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



देशभर गरिएको १४ हजार ४ सय ६२ पिसिआर परिक्षणका क्रममा ८ हजार २ सय १२ जना र ५ हजार ७ सय २५ एन्टीजेन परिक्षणका क्रममा २ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसंगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख १६ हजार ८ सय ४५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय ५१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ७ सय ८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख २० हजार २ सय ८३ संक्रमित निको भएका छन् । हाल नेपालमा ७२ हजार ८ सय ६२ सक्रिय संक्रमित आइशोलेशन र १ सय ४९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट