झलनाथ खनालको भविष्यवाणी- ओलीले झापाबाट पनि चुनाव हार्छन्-Sutra News

झलनाथ खनालको भविष्यवाणी- ओलीले झापाबाट पनि चुनाव हार्छन्

शुक्रबार, २ पौस २०७८

शुक्रबार, २ पौस २०७८

कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले अवको निर्वाचनमा केपी ओलीले झापाको आफ्नै निर्वाचन क्षेत्रमा पनि जित्न नसक्ने दावी गर्नुभएको छ ।



शुक्रबार काठमाडौंमा नेकपा एकीकृत समाजवादी काठमाडौं महानगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा खनालले ओलीले मुलुक र जनतामाथि घात गरेको भन्दै अवको निर्वाचनमा झापाबाट पनि चूनाव जित्न नसक्ने दावी गरेका हुन् ।

उनले ओलीलाई आकाशे खुर्सानीको संज्ञा दिदै धर्तीमा रहेको जनतामाथि गद्धारी गरेको तर्क गरे । पार्टीको निति र सिद्धान्तलाई कुल्चिएर ओलीले पार्टी र जनताका सार्थै जनतामाथि धोका दिएको उनको भनाई छ । खनालले अवको निर्वाचनमा आफ्नौ पार्टीको जीतलाई कसैले रोक्न नसक्ने तर्क गरे । छाटो समयमा नै पार्टी निकै बलियो भएको भन्दै उहाले छोटो समयमा पार्टीका सवै कमिटी निर्माण गरिएको जिकिर गरे ।

कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्ताहरु एकीकृत समाजवादी प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट