चुनाव नहुने संकेत देखेपछि रावलले भने- ओलीले धाँधली गर्न खोजे-Sutra News

चुनाव नहुने संकेत देखेपछि रावलले भने- ओलीले धाँधली गर्न खोजे

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा धाँधली गर्न खोजेको आरोप लगाएका छन् ।



आज बिहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र अझै सुरु हुन नसकेपछि उनले धाँधली गर्न खोजेको आरोप लगाएका हुन् ।

‘दिनभरी बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राती ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको संकेत पनि हो । यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ ।’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट