चिकित्सकले निकाले व्यक्तिको पेटबाट मोबाईल-Sutra News

चिकित्सकले निकाले व्यक्तिको पेटबाट मोबाईल

सोमबार, २९ कार्तिक २०७८

सोमबार, २९ कार्तिक २०७८

एक व्यक्ति निकै पेट दुखेपछि चिकित्सक कहाँ जान्छन् । केही घन्टापछि चिकित्सकले उनको पेटको एक्सरे गर्छन् । एक्सरे रिपोर्टमा ती व्यक्तिको पेटमा मोवाईल देखेपछि चिकित्सक नै चकित हुन्छन् । उनको तत्कालै शल्यक्रिया हुन्छ । यो हो पश्चिमी इजिप्टको आसवान युनिर्भसिटी अस्पतालको घटना ।



समाचार विवरणअनुसार ती व्यक्तिले ६ महिनाअगाडि एउटा मोबाईल फोन निलेका थिए । स्वभाविक प्रक्रियाबाट दिशामार्फत मोबाईल बाहिर निस्कने आशामा उनले कसैलाई पनि भनेनन् । किनकी, आफ्नो अस्वभाविक कामबाट उनी आफै लज्जित थिए । तर, पेट दुखेर सा-है पिडा हुन थालेपछि उनी चिकित्सककहाँ गएका थिए । मोवाईलका कारण उनलाई खान पनि असजिलो भएको थियो ।

ती व्यक्तिले आफ्नो समस्या बताउने बित्तिकै चिकित्सकले एक्सरे गरे । पेटभित्र एउटा मोबाईल देखियो । चिकित्सकले तत्कालै शल्यक्रिया गरे । मानिसले मोबाइल निलेर शल्यक्रियामार्फत झिकेको संभवत यो पहिलो घटना भएको चिकित्सकहरुले बताएका छन् ।

मोवाईल पेटबाट निकाले पनि ती व्यक्तिको स्वास्थ्य अवस्थाबारे थप केही बताइएको छैन् । शल्यक्रियापछि ती व्यक्ति पूर्ण रुपमा स्वस्थ हुने चिकित्सकहरुको विश्वास छ । उनले किन मोवाईल खाए भन्ने बारेमा इजिप्टका सञ्चार माध्यमहरुले केही खुलाएका छैनन् । -एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट