कांग्रेस महामन्त्री कोइरालाले सभापतिको उम्मेदवारी दिने-Sutra News

कांग्रेस महामन्त्री कोइरालाले सभापतिको उम्मेदवारी दिने

शनिबार, २६ भाद्र २०७८

शनिबार, २६ भाद्र २०७८

चितवन- नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताएका छन् । आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताएका हुन् ।



उनले भने, ‘हैन म कहाँ ब्याक हुन्छु । म त उठ्ने नै प्रयत्न गर्दैछु ।’ महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनमा संस्थापन इतरको साझा उम्मेदवार समय आएपछि बन्ने भन्दै आफू सभापतिको उम्मेदवारबाट पछि नहटेको बताए ।

उनले जिल्लाहरुमा कांग्रेसको अधिवेशन चलिरहेको समयमा कार्यतालिका संशोधन गर्नु बाध्यता रहेको उल्लेख गर्दै क्रियाशील सदस्यता विवाद अझै २१-२२ जिल्लामा कायमै रहेको र यो विवाद मिलाउनका लागि कार्यतालिका संशोधन गरिएको जानकारी दिए ।

क्रियाशीलको अन्तिम टुङ्गो छिट्टै लाग्ने उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट