पाँचौ पटक कांग्रेस अधिवेशनको कार्यतालिका हेरफेर-Sutra News

पाँचौ पटक कांग्रेस अधिवेशनको कार्यतालिका हेरफेर

शुक्रबार, २५ भाद्र २०७८

शुक्रबार, २५ भाद्र २०७८

काठमाडौं- नेपाली कांग्रेसले पाँचौ पटक पार्टीका तल्ला तहको अधिवेशनको कार्यतालिका हेरफेर गरेको छ । निर्वाचन समितिले केन्द्रीय महाधिवेशन फरक नपर्ने गरी तल्ला तहहरुको अधिवेशनमा केही दिन पर धकेलेको छ । सार्वजनिक नयाँ अधिवेशन कार्यतालिका अनुसार वडा तहको अधिवेशन असोज ५ गतेसम्म गर्न समय दिइएको छ ।



साविकको कार्यतालिका अनुसार भदौ १८ गते नै सुरु भएको अधिवेशन शनिबार (भदौ २६ गते) सक्ने योजना थियो । २० जिल्लाको क्रियाशिल सदस्यता अझै सार्वजनिक नहुँदा अधिवेशन हुन नसकेपछि कार्यतालिका हेरफेर गरिएको निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए ।

त्यस्तै गाउँपालिका वा नगरपालिकाको अधिवेशन भदौ ९ गते, प्रदेशसभा क्षेत्रीय अविधेशन १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १५ गते अधिवेशन गर्ने नयाँ कार्यतालिका आएको छ ।

त्यसैगरी एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ गते अधिवेशन गर्नुेपर्ने, प्रदेश तहको अधिवेशन कात्तिब १०, ११ र १२ गते हुनेछ । 

nc.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट