संसदीय दलको बैठकमा देउवाले भने- एमसीसीबारे नबुझेकाले नबोल्नुहोस्-Sutra News

संसदीय दलको बैठकमा देउवाले भने- एमसीसीबारे नबुझेकाले नबोल्नुहोस्

मंगलबार, २२ भाद्र २०७८

मंगलबार, २२ भाद्र २०७८

काठमाडौं- नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले बुझेकाले मात्रै एमसीसीबारे बोल्न निर्देशन दिएका छन् । बुधबार संघीय संसदको अधिवेशन सुरु हुने सन्दर्भमा बसेको संसदीय दलको बैठकमा देउवाले एमसीसीबारे अनाआवश्यक भ्रम सिर्जना भएकाले बुझेर मात्रै धारणा राख्न निर्देशन दिएका हुन् ।



उनले एमसीसी परियोजनाबारे नबुझेकाले नबोल्न निर्देशन दिएका छन् । ‘एमसिसीबारे चाहिने भन्दा नचाहिने कुरा बाहिर आएको छ । तपाईंहरु बुझेकाले यसको बारेमा बोल्नुहोस्, नबुझेकाले नबोल्नुहोस्,’प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै सांसदले सचेतक पुष्पा भुसालले भनिन् । 

NC samsadiya dal ktm.jpg

बैठकमा सभापति देउवाले एमसीसी एकैपटक आएको नभई यसमा सबै दल र सरकारले विभिन्न प्रक्रिया अघि बढाएकाले पारित गर्नुपर्ने धारणा राखेको भुसालले जानकारी दिइन् ।

‘एमसीसी नेपालमा एकाएक आएको होइन, प्रक्रिया पुरा गरेर आएको हो । यसमा धेरै दलहरुको सहभागी छ । प्रतिस्पर्धाका आधारमा नेपालमा आएको हो । अब संसदले अनुमोदन गरेर हिजोको निरन्तर प्रक्रियालाई अघि बढाउने मात्रै हो । जुनसुकै सहयोगमा पनि शर्तहरु हुन्छन्,’ बैठकपछि देउवाको भनाइ उद्धृत गर्दै उनले भनिन् ।

संसद अधिवेशन आह्वान भएसँगै फेरि एमसीसीको पक्ष विपक्षमा चर्को मतभेद सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट