एमाले स्थायी कमिटी बैठक- विधान संशोधन प्रस्ताव पारित-Sutra News

एमाले स्थायी कमिटी बैठक- विधान संशोधन प्रस्ताव पारित

सोमबार, २५ साउन २०७८

सोमबार, २५ साउन २०७८

काठमाडौँ । सोमबार बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ ।



स्थायी कमिटीको बैठकपछि पत्रकारहरुसँग बोल्दै उपाध्यक्ष वामदेव गौतमले विधान संशोधन प्रस्थान केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको बताएका छन् । 

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा जारी बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि आइतबारका लागि तय भएको बैठक स्थगित गरेर सोमबारका लाग तय गरिएको थियो ।

बैठक स्थगित गरेर आइतबार दिनभर नेताहरुबीच पार्टी एकतालगायतका विषयमा आन्तरिक छलफल भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट