बाबुरामले दिए माधव नेपाललाई यस्तो सुझाव, पार्टी एकता…-Sutra News

बाबुरामले दिए माधव नेपाललाई यस्तो सुझाव, पार्टी एकता…

सोमबार, २५ साउन २०७८

सोमबार, २५ साउन २०७८

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमाले वरिष्ठ नेता माधव नेपाललाई पार्टी एकता नगर्न सुझाएका छन् ।



नेपाल पक्ष अध्यक्ष केपी शर्मा ओली पक्षसँग एकताबद्ध हुने तयारी गरिरहेका बेला डा.भट्टराईले सामाजिक सञ्चालनमा प्रतिगमनलाई कोरोनासँग तुलना गर्दै नेपाललाई पार्टीमा नफर्कन सुझाएका हुन् ।

डा.भट्टराईले सामाजिक सञ्जालमा माधव नेपालको नाम नलिए पनि उनैलाई संकेत गरेका छन् ।

‘कोरोना झैं प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ है ! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ,’ डा.भट्टराईले भनेका छन्, ‘पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोस्रोचाहिँ संविधानको आत्मा मार्नेगरी आउनसक्छ । अतः ढुक्क भएर आ-आाफ्ना पार्टी वा गुटतिर नफर्कौं ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट