ओली सरकारले गरेका निर्णय फिर्ता गरे ठुलो आन्दोलन गर्ने महेश बस्नेतको चेतावनी-Sutra News

ओली सरकारले गरेका निर्णय फिर्ता गरे ठुलो आन्दोलन गर्ने महेश बस्नेतको चेतावनी

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णय उल्ट्याए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।



शुक्रबार एमाले निकट युवा संघको बैठकलाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो चेतावनी दिएका हुन्।

त्यस्तै उनले अब नेकपा एमालेलाई जेठ २ गतेको अवस्थामा फर्काउन नहुने बताएका छन् । पार्टीलाई त्यही अवस्थामा फर्काउनु जन्मिसकेको बच्चालाई पेटभित्र फर्काउनु जस्तै हुने उनको तर्क रहेको छ ।

त्यस्तै एमालेका नेताहरु मन्त्री बन्ने रहरका कारण नेपाली काँग्रेसलाई विश्वासको मत दिन पुगेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट