नहरमा डुबेर बालिकाको ज्यान गयो-Sutra News

नहरमा डुबेर बालिकाको ज्यान गयो

बुधबार, १९ जेष्ठ २०७८

बुधबार, १९ जेष्ठ २०७८

काठमाडौं- दाङमा नहरमा डुबेर एक बालिकाको आज मृत्यु भएको छ ।



जिल्ला प्रहरी कार्यालयका अनुसार लमही नगरपालिका-७ कमानपुर निवासी स्यानु चौधरीका सात वर्षीया छोरी इन्दु चौधरीको घर नजिकैको नहरमा डुबेर मृत्यु भएको हो ।

बिहान साढे ११ बजेतिर नहरमा डुबेर गम्भीर भएकी उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

उनका अनुसार नुहाउने क्रममा उनी नहरमा डुबेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट