जंगली च्याउ खाएर बिरामी भएका थप एकको मृत्यु-Sutra News

जंगली च्याउ खाएर बिरामी भएका थप एकको मृत्यु

मंगलबार, ११ जेष्ठ २०७८

मंगलबार, ११ जेष्ठ २०७८

काठमाडौं- सङ्खुवासभाको सिलिचोङ गाउँपलिका-५ याफुमा जङ्गली च्याउ खाँदा बिरामी भएका थप एक जनाको मृत्यु भएको छ । उक्त गाउँकी २१ वर्षीया निर्जला राईको आज बिहान मृत्यु भएको उनका आफन्त डेबिन मेवाहाङले जानकारी दिए ।



गत शुक्रबार जङ्गली च्याउ खाएर सिलिचोङ-५ याफुका राईसहित परिवारका नौ जना बिरामी भएका थिए । निर्जलाको उपचारको क्रममा विराटनगरको लाइफगार्ड अस्पतालमा निधन भएको हो ।

च्याउ खाएर बिरामी भएकी आठ वर्षीया रोजिना राईको गत आइतबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भइसकेको छ ।

आठ वर्षीय सन्धन राईलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आईसियु कक्षामा राखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट