कंगोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३२ पुग्यो-Sutra News

कंगोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३२ पुग्यो

मंगलबार, ११ जेष्ठ २०७८

मंगलबार, ११ जेष्ठ २०७८

कंगो ।कंगोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या  पनि ३२ पुगेको छ ।



गत शनिवार कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो। त्यतिबेला विस्फोटमा परेर १५ जनाको ज्यान गएको थियो ।  

ज्वालामुखी विस्फोटमा परी  थप १७ जनाको मृत्यु भएको अन्तरराष्ट्रीय संचार माध्यमहरुले जनाएका छन् ।

कंगोका अधिकारीहरुले माउन्ट निरागोगोमा विस्फोट भएको र त्यस क्रममा उनीहरु सो क्षेत्रबाट भाग्न खोजेका थिए । यसरी भाग्ने क्रममा केही व्यक्ति दुर्घटनामा परेका थिए भने अरु केही जना सो क्षेत्रमा रहेको जेल तोडेर भाग्ने क्रममा ज्यान गएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट