‘त्यो पर्दैन’ भन्दै सपथ खाएका ओलीविरुद्ध परेका ७ रिट प्रधानन्यायाधीश जबराको इजलासमा-Sutra News

‘त्यो पर्दैन’ भन्दै सपथ खाएका ओलीविरुद्ध परेका ७ रिट प्रधानन्यायाधीश जबराको इजलासमा

मंगलबार, ४ जेष्ठ २०७८

मंगलबार, ४ जेष्ठ २०७८

सपथग्रहणका क्रममा ‘त्यो पर्दैन’ भनेका प्रधानमन्त्री ओलीविरुद्ध परेका ७ वटा रिटहरूको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा हुने भएको छ ।



अल्पमतको प्रधानमन्त्रीका रूपमा गत वैशाख ३१ गते सपथ लिएका ओलीले राष्ट्रपतिबाट सपथ खाने क्रममा ‘त्यो पर्दैन’ भनेका थिए ।

ओलीले पुनः सपथ लिनुपर्ने भन्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसहित अन्य अधिवक्ताहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

ती रिटहरूको पेशी आज तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नै एकल इजलासमा ती रिटहरूको पेशी तोकेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट