आज साँझ मन्त्रिपरिषद बैठक : सार्वजनिक खरिद प्रक्रिया संशोधन गर्न अध्यादेश ल्याउने तयारी-Sutra News

आज साँझ मन्त्रिपरिषद बैठक : सार्वजनिक खरिद प्रक्रिया संशोधन गर्न अध्यादेश ल्याउने तयारी

सोमबार, ३ जेष्ठ २०७८

सोमबार, ३ जेष्ठ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार साँझ ५ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् ।



बैठकमा कोरोना उपचार सामग्री र नियन्त्रणका लागि आवश्यक खोप खरिदसँग सम्बन्धित कानुन संशोधन गर्न अध्यादेश ल्याउने विषयमा छलफल हुने एक मन्त्रीले सुत्रन्यूजलाई बताए ।  

आइतवार बसेको कोभिड १० संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा प्रधानमन्त्रीले प्रक्रियागत ढिलासुस्तीका कारण कसैको ज्यान जान नहुने बताएका थिए ।

कोभिड १९ नियन्त्रणका लागि गर्नुपर्ने खरिद प्रक्रिया ढिलो र झन्झटिलो भएकाले त्यसलाई संशोधन गर्न आवश्यक तयारीका लागि कानून मन्त्रालयलाई ओलीले निर्देशन दिएका थिए ।

आज बस्ने मन्त्रिपरिषद बैठकले खरिद प्रक्रियासम्बन्धी कानून संशोधन गर्न अध्यादेश ल्याउन सिफारिस गर्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट