कैलालीमा एक घण्टाभित्र ३ जना कोरोना संक्रमितको मृत्यु-Sutra News

कैलालीमा एक घण्टाभित्र ३ जना कोरोना संक्रमितको मृत्यु

बिहिबार, १६ बैशाख २०७८

बिहिबार, १६ बैशाख २०७८

काठमाडाैं : पछिल्लो एक घण्टामा मात्र कैलालीमा ३ कोरोना संक्रमितको मृत्यु भएको छ।



सेती प्रादेशिक अस्पतालमा उपचाररत २ पुरुष र होम आइसोलेसनमा बसेकी एक महिलाको मृत्यु भएको हो। आज बिहान पनि धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

पाैने १२ बजे घोडाघोडी नगरपालिका १० का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। 

बुधबार अस्पताल भर्ना गरिएका घोडाघोडीका ती संक्रमितलाई आइसियुमा राखी उपचार गरिएको थियो। श्वासप्रश्वास समस्याले ग्रस्त उनलाई निमोनिया पनि भएको श्रेष्ठले जानकारी दिए। 

सेतीमा पछिल्लो कोरोना संक्रमणबाट मात्रै ११ जनाको मृत्यु भइसकेको छ। यहाँ हालसम्म ४३ संक्रमितको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट