समता शैक्षिक गुठीलाई सनराइज बैंकको आर्थिक सहयोग-Sutra News

समता शैक्षिक गुठीलाई सनराइज बैंकको आर्थिक सहयोग

बुधबार, १५ बैशाख २०७८

बुधबार, १५ बैशाख २०७८

काठमाडौं- सनराइज बैंकले समता शैक्षिक गुठीलाई तीन लाख सहयोग गरेको छ ।



बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ७७ जिल्लामा ८० विद्यालय सञ्चालन गरी सात हजारभन्दा बढी विद्यार्थीलाई मासिक शुल्क १०० मा गुणस्तरीय शिक्षा दिँदै आएको गुठीअन्तर्गतका छ प्रदेशस्थित छ विद्यालयलाई पचास हजारका दरले हुने गरी उक्त रकम प्रदान गरेको हो ।

गुठीले उक्त रकम तोकिएको विद्यालयको सञ्चालनका लागि खर्च गर्ने र त्यहाँ अध्यनरत विद्यार्थीहरुको शिक्षामा यसले सहयोग पुर्याउने जनाएको छ ।

आज आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले समता शैक्षिक गुठीका निर्देशक दीपक सञ्जेललाई तीन लाखको चेक हस्तान्तरण गर्दै स्तरीय शिक्षाबाटै राष्ट्र निर्माणको आधार तयार हुने बताइन् ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण, महिला तथा विपन्न वर्गलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वव्यापी कोभिड–१९को कठिन अवस्थामा पनि त्यस्ता कार्यलाई निरन्तरता दिँदै जाने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट