१५ दिन देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय-Sutra News

१५ दिन देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

बुधबार, १५ बैशाख २०७८

बुधबार, १५ बैशाख २०७८

काठमाडौं- सरकारले वैशाख १६ देखि ३० गतेसम्म देशभरका विद्यालय तथा शिक्षालय बन्द गर्ने निर्णय गरेको छ ।



विभिन्न मितिमा बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय बुधबार नियमित प्रेस ब्रिफिङमार्फत सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले सो जानकारी दिएका हुन् । 

कोभिड १९ को नयाँ भेरियन्टहरु देखिने क्रम बढेकाले रोकथाम, नियन्त्रण तथा उपचारका लागि भन्दै सरकारले मुलुकभरका शैक्षिक संस्थाहरुलाई भौतिक उपस्थिति नभइ भर्चुअल रुपमा वा वैकल्पिक माध्यमबाट पठनपाठन कायम राख्न निर्देशन दिएको छ । 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट