चाल्नाखेलमा दुई विद्यार्थी मृत फेला-Sutra News

चाल्नाखेलमा दुई विद्यार्थी मृत फेला

शुक्रबार, ६ चैत्र २०७७

शुक्रबार, ६ चैत्र २०७७

काठमाडौं- काठमाडौंको दक्षिणकालीस्थित चाल्नाखेलमा आज दुई विद्यार्थी मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



काठमाडौंको बाङ्गेमुढामा बस्ने उनीहरु चाल्नाखेलमा मृत फेला परेका हुन् । घटना शङ्कास्पद देखिएकाले प्रहरीले अनुसन्धान थालेको छ ।

मृत्यु हुनेमा नुवाकोट घर भई काठमाडौं बस्दै आएका १६ वर्षका अर्जुन खड्का र काभ्रेपलाञ्चोकका १८ वर्षीय मंगल तामाङ रहेका छन् । दुवै कक्षा १० का विद्यार्थी हुन् ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले घटनास्थल नजिक विषादीका बोतल फेला परेकोसमेत बताए ।

प्रहरीले कुकुरसहित फरेन्सिक ल्याबको टोली लगेरसमेत घटनास्थलको अनुसन्धान गरेको छ । प्रहरीका अनुसार उनीहरु बिहीबार बिहानदेखि घरबाट हराइरहेका थिए ।

शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको र रिपोर्टपछि मात्रै मृत्युको कारण भन्न सकिने बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट