१२ कक्षाको बोर्ड परीक्षा २६ जेठदेखि-Sutra News

१२ कक्षाको बोर्ड परीक्षा २६ जेठदेखि

मंगलबार, २५ फाल्गुन २०७७

मंगलबार, २५ फाल्गुन २०७७

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा २६ जेठदेखि सञ्चालन गर्ने भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले उक्त निर्णय गरेको परीक्षा बोर्डको अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताए ।



परीक्षा २६ जेदेखि ४ असारसम्म चल्नेछ । कोभिड–१९ महामारीका कारण गत वर्षको कक्षा १२ र कक्षा ११ को परीक्षा बोर्डले मंसीर र पुस महिनामा आआफ्नै विद्यालय र कलेजमा संचालन गरेको थियो ।

उत्तरपुस्तिका परीक्षण समेत सम्वन्धित विद्यालय र कलेजले परीक्षण गरी प्राप्तांक बोर्डलाई बुझाएका थिए । सो को आधारमा परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरिसकेको छ भने ११ को प्रकाशनको क्रममा छ ।

सरकारले यस वर्षको शैक्षिकसत्र दुई महिना पर धकेलेर जेठ मसान्तसम्म र नयाँ शैक्षिकसत्र असारदेखि सुरु गर्ने निर्णय गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट