त्रिवि सेवा आयोगले माग्यो ५८८ प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक-Sutra News

त्रिवि सेवा आयोगले माग्यो ५८८ प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक

आइतबार, ९ फाल्गुन २०७७

आइतबार, ९ फाल्गुन २०७७

काठमाडौं- त्रिभूवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा विभिन्न विषय अध्यापन गराउन चाहनेका लागि उपप्राध्यापकदेखि प्राध्यापकसम्मको आवेदन खुला भएको छ ।



त्रिभूवन विश्वविद्यालय सेवा आयोगले आइतबार गोरखापत्रमा सूचना निकालेर विभिन्न विषयमा उपप्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदमा जागिर खुलाएको हो ।

आयोगले १४ प्राध्यापक, २४ सहप्राध्यापक र पाँच सय ५० उपप्राध्यापक पदमा आवेदन माग गरेको हो । खुला तर्फबाट आवेदन माग गरिएको र आउँदो चैत १४ गतेसम्म फारम भर्न सकिने आयोगले जनाएको छ ।

प्राविधिक तथा गैरप्राविधिक विषयमा प्राध्यापक माग गरिएको हो ।

प्राध्यापक पदका लागि तीन हजार पाँच सय र सहप्राध्यापकका लागि तीन हजार दुई सय आवेदन दस्तुर लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट