सामाजिक सञ्जालबाट हुने विकृति रोक्न कडा कानुन ल्याउँदै सरकार-Sutra News

सामाजिक सञ्जालबाट हुने विकृति रोक्न कडा कानुन ल्याउँदै सरकार

बुधबार, २८ माघ २०७७

बुधबार, २८ माघ २०७७

काठमाडौं- सरकारले अनलाइन र सामाजिक संजाल नियमन गर्ने भएको छ ।



पछिल्ला दिनमा स्वतन्त्रताको आडमा छाडा, उत्तेजित व्यक्तिकेन्द्रीत, अदालत र राष्ट्रपति संस्थामाथि अभिव्यक्ति दिइने गरेका कारण नियमन गर्न लागिएको हो ।

मंगलबार मन्त्रीपरिषद्को निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले सो कुरा बताएका हुन् ।

समाजिक सञ्चाल र अनलाइनले प्रशारण गरेको भन्दै यसले लोकतान्त्रिक शासन पद्धतिलाई प्रहार गर्ने, हिंसा फैलाउने र मुलुकलाई मुठभेड तर्फ धकेल्ने खालको अभिव्यक्ति आएको मन्त्री गुरुङले बताए ।

स्वतन्त्रताको उपभोग गर्ने नाममा दर्ता बिना चलेका फेसबुक, युट्युब, अनलाइनको विकृति रोक्न छिट्टै सामाजिक सञ्जाल सम्बन्धि निर्देशिका २०७७ जारी गर्ने तयारी गरिएको पनि मन्त्री गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट