अमेरिकी नयाँ राष्ट्रपति बाइडेनले आज सपथ लिँदै, ३ जना पूर्वराष्ट्रपति उपस्थित हुने-Sutra News

अमेरिकी नयाँ राष्ट्रपति बाइडेनले आज सपथ लिँदै, ३ जना पूर्वराष्ट्रपति उपस्थित हुने

बुधबार, ७ माघ २०७७

बुधबार, ७ माघ २०७७

काठमाडौं– विश्वको शक्तिशाली देश अमेरिकामा आज नवनिर्वाचित राष्ट्रपतिले सपथ लिने भएका छन् । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सपथ लिने भएका हुन् ।



यस अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्प उपस्थित नहुने भएका छन् । उनले यसअघि नै बाइडेनको सपथ ग्रहण कार्यक्रममा उपस्थित नहुने बताउँदै आएका थिए ।

कार्यक्रममा पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुश तथा उनकी श्रीमती लारा बुश सहभागी हुने भएका छन् । यस्तै, पूर्व राष्ट्रपति बराक ओबामा तथा उनकी श्रीमती मिशेल, बिल क्लिन्टन तथा उनकी श्रीमती हिलारी पनि उपस्थित हुने भएका छन् ।

सो अवसरमा ९६ वर्षीय पूर्व राष्ट्रपति जिमी कार्टर तथा उनकी श्रीमती भने उपस्थित नहुने भएका छन् । यसअघि उनीहरु सबै राष्ट्रपतिको सपथ ग्रहण कार्यक्रममा उपस्थित हुँदै आएका थिए । यसपटक स्वास्थ्यले साथ नदिएकाले उनीहरु उपस्थित हुन नसक्ने समाचारमा जनाइएको छ । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट