कोरोनाबाट ६ जनाको मृत्यु, ३१८ जना संक्रमित-Sutra News

कोरोनाबाट ६ जनाको मृत्यु, ३१८ जना संक्रमित

बुधबार, ७ माघ २०७७

बुधबार, ७ माघ २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप ३ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभर भएको कोरोना भाइरसको जानकारी दिएका हुन् ।



गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर देखिएको कोरोना संक्रमितसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ३ सय ८३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसबाट आज ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ७५ पुगेको छ ।

नेपालमा हाल ३ हजार ६ सय ९३ संक्रिय संक्रमित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट