कोरोनाको नयाँ स्वरुप विश्वभर फैलिँदै, नेपालसहित ६० देशमा पुग्यो-Sutra News

कोरोनाको नयाँ स्वरुप विश्वभर फैलिँदै, नेपालसहित ६० देशमा पुग्यो

बुधबार, ७ माघ २०७७

बुधबार, ७ माघ २०७७

काठमाडौं- कोरोना भाइरसको नयाँ स्वरुप विश्वका ६० देशमा पुगेको छ । प्राप्त समाचारअनुसार यो भाइरस अहिलसम्म ६० देशमा पुगिसकेको हो ।



विश्व स्वास्थ्य संगठनले बुधबार दिएको सूचनाअनुसार यो हप्तामा मात्र भाइरस थप १० देशमा पुगेको हो । संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन बढ्दै गएको जनाएको छ ।

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ । यता बेलायतबाट निस्किएको नयाँ कोरोना भाइरससमेत बढ्दो रुपमा रहेको छ ।

तर नयाँ स्वरुपको भाइरसका कारण के कस्तो क्षति पुगेको छ भन्ने बारेमा अनुसन्धान भएको छैन । केही दिनअघि मात्रै यो भाइरस नेपालमा समेत भित्रिएको छ । बेलायतबाट स्वदेश आएका ३ जनामा नयाँ स्वरुपको भाइरस देखा परेको हो । उनीहरुको रिपोर्ट गत ५ गते आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट