नगर प्रमुखकै घरमा चोरी, स्थानीयबासीको अवस्था भयावह-Sutra News

नगर प्रमुखकै घरमा चोरी, स्थानीयबासीको अवस्था भयावह

बुधबार, ७ माघ २०७७

बुधबार, ७ माघ २०७७

काठमाडौं– बागलुङ जिल्लाको गलकोट नगरपालिकामा पछिल्लो केही दिनयता १८ घरमा तोडफोट तथा चोरी भएको छ । गलकोट नगरपालिका १, २ र ५ मा रहेका घरहरु चोरी तथा तोडफोड भएको स्थानीयले बताएका छन् ।



शनिबार राति गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको घरसहित खिनाराम गैरे, नारायण गैरे, चित्रवन गैरे, मोतिलाल गैरे र ताराप्रसाद गैरेको घर तोडफोड भएको थियो । त्यसको अघिल्लो दिन थान तथा भुंगानीमा चोरी भएको थियो ।

नगरप्रमुख गैरेको घरबाट १० हजार नगद, सुनको जन्तर र औँठीसमेत चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरीक्षक अर्जुन बम मल्लका अनुसार धेरै जसो खाली घरमा तोडफोड र चोरी भएको हो ।

आइतबार राति वडा ५ को हरिचौरस्थित गलकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडसहित ८ घरमा चोरी र तोडफोड भएको सहकारी संस्थाका अध्यक्ष गणेश खत्रीले जानकारी दिए । सहकारीको चाबी फोरेर भित्र पस्न खोजेको तर सटरको लक खोल्न नसकेपछि त्यहाँबाट भागेको सिसी क्यामेरको फुटेजमा देखिएको अध्यक्ष खत्रीले बताए ।

सहकारीको सिसी टिभी फुटेजमा मुखमा माक्स लगाएको, फलामको डण्डी बोकेको एक जना व्यक्तिले तोडफोड गर्न खोजेको देखिएको छ । खत्रीले प्रहरी चौकीकै नजिक दैनिक जसो चोरीका घटना बढ्नु सुरक्षा कमजोरी भएको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट