विवाद चर्किने भएपछि प्रदेशसभा बैठकमा मर्यादापालकको संख्या बढाइयो-Sutra News

विवाद चर्किने भएपछि प्रदेशसभा बैठकमा मर्यादापालकको संख्या बढाइयो

बुधबार, ७ माघ २०७७

बुधबार, ७ माघ २०७७

काठमाडौं– प्रदेश नम्बर १ र बागमती प्रदेश नेकपा संसदीय दल भित्रको विवाद उत्कर्षमा पुगेका बेला बस्न लागेको प्रदेशसभा बैठकमा मर्यादापालकको संख्या थपिएको छ ।



नेकपा विभाजनपछि बस्न लागेको बैठकमा नेकपा प्रचण्ड–माधव र ओली पक्ष एकअर्काविरुद्धको विवाद थप चर्किने सम्भावना छ ।

नेकपाका एक समूह र अर्को समूहलाई कारबाही गरेको बताउँदै आएको समयमा बस्न लागेको प्रदेशसभा बैठकमा विवाद चर्किन सक्ने भन्दै मर्यादा पालकको संख्या थपेको हो ।

यता प्रचण्ड समूहको प्रदेशसभा प्रवेशमा अवरोध भए प्रतिवाद गर्ने रणनीति बनाएका छन् । प्रदेश १ मा ओली समूहले भीम आचार्य, इन्द्रबहादुर आङ्बोसहित १६ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ । निलम्बित सांसद बैठकमा आए मुठभेडको स्थिति आउनसक्ने अनुमान गरिएको छ ।

प्रदेशसभाको बैठकमा १० जना मर्यादा पालक थपिएका छन् । यससँगै संसद् सुरक्षामा खटिने मर्यादा पालकको संख्या ५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट