उखु किसानको हृदयघातबाट मृत्यु-Sutra News

उखु किसानको हृदयघातबाट मृत्यु

मंगलबार, १४ पौस २०७७

मंगलबार, १४ पौस २०७७

काठमाडौं- उखु बेचेको बक्यौता उठाउन आन्दोलनका लागि काठमाडौं आएका सर्लाही रामनगरका किसान नारायणभगत यादवको मृत्यु भएको छ । आन्दोलनरहत उखु किसानहरुको संरक्षण राकेश मिश्रका अनुसार मंगलबार बिहान उपचारका क्रममा उनको मृत्यु भएको हो ।



उनले सर्लाहीको अन्नपूर्ण सुगर मिलबाट १५ लाख रुपैयाँ भन्दा बढी बक्यौता लिन बाँकी थियो । यसपटक पैसा हातमा परेपछि मात्र आन्दोलन फिर्ता गर्ने मनसाय लिएर किसानहरु काठमाडौं केन्द्रित आन्दोलनका लागि आएका थिए ।

तर, २१ दिन भित्र सबै रकम भुक्तानी गर्ने सम्झातौता गरी किसानहरुले आन्दोलन स्थगित गरेको सुनेपनि यादव चिन्तित थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट