खर्बपति विनोद चौधरीको राजनीति र व्यावसायिक यात्रा-Sutra News

खर्बपति विनोद चौधरीको राजनीति र व्यावसायिक यात्रा

शुक्रबार, २८ कार्तिक २०७७

शुक्रबार, २८ कार्तिक २०७७

काठमाडौं– नेपालका एकमात्र खर्बपति विनोद चौधरी राजनीतिक यात्रामा पनि सुपरिचित छन् । नेपाली कांग्रेसकाबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरीले राजनीति र व्यावसायिक यात्रालाई एकैसाथ अघि बढाइरहेका छन् ।



कांग्रेसले २ जेठ ०७७ मा गठन गरेको ‘लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवम् दीगो परियोजना विशेष समिति’ का संयोजक चौधरीलाई पार्टी १४ औं महाधिवेशनमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने आकलन गरिएको छ ।

१५ सदस्यीय समितिको नेतृत्वकर्ता चौधरी व्यावसायिक र राजनीतिक यात्रालाई एकैसाथ अघि बढाउने अठोट व्यक्त गर्छन् । ‘नेपाललाई आर्थिक समृद्धि र विकासको बाटोमा अघि बढाउन नवीनतम् कार्यदिशा चाहिन्छ,’ चौधरीले सूत्रन्यूजसँग भने, ‘हरेक पार्टीमा यही बहस केन्द्रित गर्नुपर्छ ।’

उनी चौधरी ग्रुप अफ इन्डस्ट्रीज मालिक हुन् । चाैधरी विश्वमा धनाढ्य व्यक्तिरूको सूचिमासमेत परेका व्यक्ति हुन् । चौधरी चर्चित व्यावसायिक घराना चौधरी समूहका अध्यक्ष हुन् । चौधरी परिवार सन् २०१३ देखि फोब्र्सको खर्बपति सूचीमा पर्दै आएको छ । नेपालबाट खर्बपतिको सूचीमा पर्ने चौधरी एकमात्र व्यवसायी हुन् ।

चौधरी सफल व्यवसायी हुनुमा सरकारको कुनै योगदान छैन । उनको व्यवसाय सीजीभित्र झण्डै ४० कम्पनी छन् । उनको परिचय यतिमा मात्रै सीमित छैन, चौधरी राजनीतिमा पनि उत्तिकै सक्रिय छन् । उनले आफूमात्र धनी नभएर देशलाई नै समृद्ध बनाउन चाहन्छन् ।

राजनीतिमै लागेर देशलाई रूपान्तरण गर्ने र समुन्नत नेपालको निर्माणका निम्ति उनी राजनीतिमा होमिए । उनले सिजी ग्रुपलाई जसरी सफलताको शिखरमा पुर्याए त्यसरी नै नेपाललाई समद्धिको आकार दिन उनी महत्वकांक्षी योजनाका साथ तयार रहेका छन् ।

विश्वमा थुप्रै देशहरू विकसित भैसके तर, नेपाल अझै विकासोन्मुख छ । नेपालमा थुप्रै सरकारहरू फेरिए । दर्जनौं मन्त्रीहरू झन्डावाला गाडीमा हुइँकिए । सिंहदरबारमा धेरै जना प्रधानमन्त्रीका तस्बिरहरू झुण्ड्याइए । कयौं घोषणापत्रमा मुलुक समृद्धिको सपनाहरू बाँडियो ।

स्थिर सरकारको जनमत लिएर आएका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि सपना बाँड्दा बाँड्दै थाकिसके । तर, देशको अवस्था भने उस्तै छ। यो सबै हुनुमा मुलुकको नेतृत्वकर्ताले देशको बारेमा गम्भीर भएर नसोच्नु र आफ्नै स्वार्थ पूर्तिमा मात्रै केन्द्रित हुनु नै मुख्य समस्या रहेको उनी बताउँछन् ।

चाैधरी भन्छन्, ‘कुनै पनि देशको विकासका लागि राजनीति सही दिशामा चल्नुपर्छ । सबै कुरा ठीकठाक भएपनि राजनीति बिग्रियो भने देश बन्दैन, त्यसैले राजनीतिलाई जनता र समृद्धिसँग जोड्ने संकल्प लिएको छु ।’

विगतमा उनलाई नेपाली राजनीतिभित्रको वेथिति उतिसारो ज्ञान थिएन तर अहिले त्यसलाई पनि राम्ररी चिन्न थालिसकेका छन् । त्यसैले ति वेथितिलाई चिर्न सक्ने सामर्थ्य आफूसँग रहेको उनको भनाइ छ । कांग्रेस पार्टी आफ्नो एउटा लक्ष्य र बाटो तय गरी आफूले नेतृत्व गरेको सीजी ग्रुपझैं चल्नुपर्छ भन्ने उनी ठान्छन् । र, मुलुकु पनि सोही अनुसार सिस्टममा चलाउनुपर्ने उनको मत छ ।

विश्वव्यापी रुपमा विस्तार भइरहेको सीजीझैं पार्टी चल्यो भने देश पनि चल्छ भन्ने उनको बुझाइ छ । विनोदको काम गर्ने शैलीलाई नजिकबाट बुझेकाहरु भन्छन्, ‘ राजनीतिमा भिजिसकेका विनोदलाई त्यहि राजनीतिको मुलधारमा उभ्याउन नसक्नु पार्टीहरूको दुर्भाग्य हो, उनको भिजन र मिसनलाई आत्मसात गर्न सके वास्तवमै त्यो पार्टीलाई गती अवश्य मिल्नेछ।’ यद्यपि, विनोद यतिबेला कांग्रेसको फ्रन्टलाइनमा देखिन्छन् । राजनीतिमा उनको सक्रियताप्रति बहुसंख्यक नेपालीहरू खुसी छन् ।

मुलुकको अर्थनीति र यसको कार्यान्वयन गर्न सफल उद्योगी र व्यवसायीहरूको दूरदर्शीता र क्षमता प्रयोग गर्नुपर्ने अर्थविद्हरूले बताइरहँदा कांग्रेसले विनोदजस्ता सफल उद्योगी पाएको छ ।

कांग्रेसले उनको क्षमता र दक्षतालाई कसरी उपयोग गर्छ भन्ने सबैले नियालिरहेका छन् । आफ्नो जिम्मेवारी दृढताका साथ समयमै सम्पन्न गर्ने छवि बनाएका विनोदले हात हालेका कुनै पनि योजना असफल भएको नदेखिएको अर्थविद्हरूले बताउने गरेका छन् ।

सफलता हात लाग्न नीति र नेतृत्व स्पष्ट हुनुपर्ने अनुभव गरेका उनी गतिशील संगठन र वैचारिक नेतृत्व पार्टी पुनर्जीवनका अनिवार्य शर्त रहेको बताउँछन् । तर, अहिले कोरोना भाइरस संक्रमणले मुलुकको अर्थतन्त्र थिलथिलो बनिरहेको अवस्थामा अर्थतन्धलाई कसरी उकास्न सकिन्छ भन्ने विषयमा चौधरीजस्ता सफल उद्योगीको भूमिका एकदमै महत्वपूर्ण हुन्छ ।

कांग्रेसले विनोदलाई पछिल्लो समय दिएको जिम्मेवारी र उनले गरेको कामका कारण कोभिड-१९ का कारण प्रभावित लगानी, पूर्वाधार र रोजगारबारे अध्ययन गर्न चौधरीको नेतृत्वमा गठन गरेको समितिले तयार पारेको प्रतिवेदन पनि कारोनापछि मुलुकलाई समृद्धितर्फ डोहोर्याउने स्पष्ट खाकासहितको सुझावले कांग्रेसप्रति आम सर्वसाधारणको झुकावलाई केही भए पनि बढाउने बताइन्छ ।

संसदमा पनि विनोदले प्रस्तुत गरेका विचारले नेपाली अर्थतन्त्रको क्षेत्रमा नयाँ तरंग ल्याउने गरेको छ । ‘उदार अर्थतन्त्रलाई बढावा दिन सुधार नभई ठूलै शल्यक्रिया आवश्यक छ’ चाैधरीले भन्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट