‘गाउँमै मनाऔँ दशैँ–तिहार’ गीत सार्वजनिक-Sutra News

‘गाउँमै मनाऔँ दशैँ–तिहार’ गीत सार्वजनिक

बुधबार, २१ असोज २०७७

बुधबार, २१ असोज २०७७

काठमाडौं- लोकगायक राजु परियार र शान्ता कार्कीका स्वरमा ‘गाउँमै मनाऔँ दशैंँ–तिहार’ गीति भिडियो सार्वजनिक गरिएको छ। चाडपर्व नजिकिँदै गर्दा गीतका माध्यमबाट सुख-दुःख आदानप्रदान गर्न रचना गरिएको गीतका रचयिता जीवन प्याकुरेलले बताए।



‘मनका कुराहरु व्यक्त गर्ने बलियो माध्यम गीत हो’, उनले भने। रिमेशकुमार थापाले निर्माण गरेको भिडिओको गीतमा लयसङ्गीत रिमेशकुमार, सङ्गीत संयोजन विजय थापा र मिक्सिङ/मास्टरिङ कृष्ण बाजुरालीले गगरेका छन्।

विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा अभिनय टीका जैसी, ध्रुव हिमाली र दिनेश केसी, छायाङ्कन अमन बडु र सम्पादन लक्ष्मण चौहानको छ। गीतको भिडियो डिएआर मुभिजको आधिकारिक च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट