उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेलाई कारवाही गर्न विभागको माग-Sutra News

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेलाई कारवाही गर्न विभागको माग

बुधबार, २१ असोज २०७७

बुधबार, २१ असोज २०७७

काठमाडौं- त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागले उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग गरेको छ। मंगलबार बिहान त्रिवि परिसरभित्रै उपप्राध्यापक चलाउनेमाथि आक्रमण भएको थियो।



टाउकोमा रड प्रहारपछि घाइते उपप्राध्यापक चलाउनेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। समाजशास्त्र विभागका विभागीय प्रमुख युवराज लुइँटेलले विज्ञप्ति निकालेर उपप्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गर्नेलाई कारवाही गर्न प्रशासनसँग माग गरेका हुन्।

‘विश्वविद्यालभित्रै उपप्राध्यापक चलाउनेमाथि भएको सांघातिक आक्रमणप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘घटनामा संलग्न अपराधीहरूलाई हदैसम्मको कारवाही गर्न प्रशासनसमक्ष माग गर्दछौं।’

उपप्राध्यापक चलाउनेमाथि कसले आक्रमण गर्‍यो खुलिसकेको छैन। विभागीय प्रमुख लुइँटेलका अनुसार समाजशास्त्र केन्द्रीय विभागमा केही समयदेखि नेविसंघको नाममा केही समूहले तालाबन्दी गरी विभागका शिक्षकलाई सांघातिक आक्रमण गर्ने धम्की दिइरहेका थिए।

120834083_3261785637209064_1140439924700818039_o.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट